१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:२४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२४:oo

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त भएका छन्। एमाले संसदीय दलका उपनेता आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि २४ घण्टाभित्र दाबी पेस गर्न प्रदेश प्रमुखले समय दिएका थिए। कांग्रेस–एमालेको गठबन्धनबाट आचार्यले मुख्यमन्त्रीमा सोमबार दिउँसो दाबी पेस गरेपछि प्रदेश प्रमुखले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आचार्य यसअघिका प्रदेश सरकारमा तीनपटक मन्त्री भइसकेका छन्।