१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले अवरुद्ध बेँसीसहर–चामे सडक आठ घण्टापछि खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१३:oo

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र स्थलमार्ग बेँसीसहर–चामे सडक खण्डअन्तर्गत लमजुङको स्याँगेमा पहिरो खस्दा अवरुद्ध सडक सञ्चालनमा आएको छ। 

मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेमा पहिरो खस्दा अवरुद्ध सडक आठ घन्टापछि खुलेको लमजुङ प्रशासनले जनाएको छ।

बेँसीसहरबाट मनाङतर्फ जाँदा वारि स्याँगे कटेपछि पारि स्याँगेको सडकमा पहिरो खसेको थियो। गएराति ढुंगासहितको पहिरो खसेको र पहिरोले  अवरुद्ध सडक केही समयअगाडि खुलाइएको वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए।

बेँसीसहर–चामे सडक हाल तल्लो मनाङको नासों गाउँपालिका– ९, दानक्युसम्म सञ्चालनमा छ। दानक्युदेखि माथिल्लो क्षेत्र सदरमुकाम चामेसहित मनाङ ङिस्याङ गाउँपालिका पुग्ने सडक चामे गाउँपालिका १, तिमाङ खोलाको दुई ठाउँमा बाढीले पुल बगाएपछि दुई सातादेखि सडक अवरुद्ध छ।