१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विधिको शासनका लागि निष्ठापूर्वक काम गर्नेछु : गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४o:oo

नवनियुक्त गृहमन्त्री रमेश लेखकले देशमा विधिको शासन स्थापनामा केन्द्रित भई काम गर्ने बताएका छन्। सोमबार मन्त्रालयमा पदबहालीपछि संक्षिप्त सम्बाेधन गर्दै उनले निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘यो मन्त्रालय देशमा विधिको शासन स्थापना, शान्ति व्यवस्था र अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रित रहनेछ,’ उनले भने, ‘यहाँ बस्दासम्म यो मन्त्रालयले गर्नुपर्ने काम निष्ठापूर्वक गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’

तत्कालका लागि प्राकृतिक प्रकोपसम्बन्धी समस्या सम्बोधनलाई प्राथमिकतामा राखेर काम गरिने उनले जानकारी दिए। उनले भने, ‘यो मन्त्रालयमा तत्काल गर्नुपर्ने काम भनेको प्राकृतिक प्रकोपबाट जुन जनधनको क्षति भएको छ, त्यसलाई उचित ढंगले सम्बोधन गर्ने कुरा अहिले सबैभन्दा प्राथमिकताको र सबैभन्दा उच्चतम महत्त्व दिएर काम गर्नुपर्ने क्षेत्र हो। जुन विषय परिस्थिति सिर्जना गरेको छ त्यसलाई सम्बोधन गर्ने हाम्रो पहिलो दायित्व हो।’

पदबहालीको क्रममा यहीसम्बन्धी निर्णय भएको पनि उनले जानकारी दिए। राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार र  संविधानको समीक्षा सरकारको प्रमुख प्राथमिकता रहेको मन्त्री लेखकको भनाइ छ।