मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 09 July, 2025
रासस वीरगञ्ज
Invalid date format १२:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

Read Time : < 1 मिनेट
रासस, वीरगञ्ज
नयाँ पत्रिका
Invalid date format १२:३९:oo

पर्सा प्रहरीले भारतबाट अवैध ढंगले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ।

गैरकानुनी रूपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगन्जमा ल्याई अनधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढंगले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापा मार्दा सो मल बरामद भएको बताए।

प्रहरीले अवैध मल भित्र्याएर भण्डारण गर्ने काममा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका– ९ बस्ने ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

बरामद भएको मल पनि शुक्रबार नै भन्सार कार्यालय वीरगन्जमा बुझाइएको प्रहरीले जनाएको छ। भाडाका घरमा अनधिकृत रूपमा युरिया मल भण्डारण गरेकाे अवस्थामा प्रहरीले फेला पारेको थियो।