१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पुल्चोक क्याम्पसका विद्यार्थीले इन्टर्नसिप गर्दा न्यूनतम पारिश्रमिक पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३७:oo

नेपाल विद्यार्थी संघको पहलमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत ११ विद्यार्थीलाई विभिन्न कम्पनीमा इन्टर्नसिप गरेबापत न्यूनतम पारिश्रमिक दिने सम्झौता भएको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार इन्टर्नसिप गर्ने विद्यार्थीलाई न्यूनतम १५ हजार पारिश्रमिक दिने गरी बिहीबार पाँचवटा कम्पनीसँग सम्झौता भएको हो।

सम्झौतापत्र (एमओयू)मा क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्य, कम्पनीका प्रतिनिधि, नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, इन्टर्नसिप संयोजक पारस बस्नेतले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार क्याम्पसले प्राथमिकताको आधारमा विद्यार्थी छनोट गर्नेछ। सम्झौता यही वर्षदेखि लागू हुने बताइएको छ।