१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल-भारत सीमा तारबार गरौँ : एमाले प्रमुख सचेतक बर्तौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१२:oo

सत्तारूढ दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल भारत सीमामा तारबार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद बर्तौलाले सीमा सुरक्षाका लागि तारबार लगाउन जरुरी भइसकेको बताए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित छलफलमा बर्तौलाले खुला सीमाका कारण अपराध बढेको र राजस्व संकलनमा पनि चुनौती बढिरहेको भन्दै तत्काल तारबार गर्न मन्त्री लामिछानेको ध्यानाकर्षण गराए। 

'नेपाल–भारत खुला सीमाले अपराध गरेर एक देशबाट अर्को देशमा भाग्ने प्रवृत्ति बढेको छ। यसले अपराधलाई बढावा दिएको छ। अर्कोतिर राजस्व संकलनमा चुनौती छ,' बर्तौलाले भने, 'म गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु, भारतसँग प्रत्यक्ष सीमा जोडिएको तराई क्षेत्रमा सीमामा तारबार लगाएर सुरक्षित गर्ने सवालमा दृढताका साथ अगाडि बढाऊँ। अब तारबार लगाउन ढिला नगरौँ।'

भारतसँग रोटीबेटीदेखि भाषा, संस्कृतिसम्म विविधतायुक्त सम्बन्ध भए पनि सीमा सुरक्षाका लागि तारबार लगाउन जरुरी रहेको उनको भनाइ थियो। 

सांसद बर्तौलाले भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलगायत विदेशी नागरिकको रेकर्ड अनिवार्य रूपमा राख्न पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए। 'जसरी नेपालबाट बाहिरिने नागरिकको रेकर्ड राखिन्छ, हामीले पनि गम्भीरतापूर्वक नेपाल कति प्रवेश गरेका छन्, कहाँबाट आएका छन्, रेकर्ड राखौँ,' उनले भने।