
आइसिसी टी–२० विश्वकपको जारी प्रतियोगिताको अन्तिम खेलमा नेपाल बंगलादेशसँग भिडिरहेको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले लगातार विकेट लिँदै बंगलादेशलाई दबाबमा पारेको छ। १३.२ ओभरको खेल सकिँदा केवल ६९ रन बनाउँदा सात विकेट गुमाइसकेको छ।
नेपाललाई सातौँ विकेट सन्दीप लामिछानेले दिलाएका हुन् । उनले तान्जिम हसन सकिबलाई बोल्ड गरे। टी-२० अन्तर्राष्ट्रियमा यो सन्दीपको ९९औँ विकेट हो।
त्यसअघि ६१ रनको अवस्थामा कप्तान रोहितकुमार पौडेलले व्यक्तिगत दोस्रो तथा टिमको छैटौँ विकेट लिएका थिए।
नौ ओभरको खेल सकिँदा ५२ रनमा बंगलादेशका पाँच खेलाडी आउट भइसकेका थिए।
पाँचौँ विकेटका रूपमा महम्मुदुल्लाह रनआउट भए। उनलाई गुल्सन झा र सन्दीप लामिछानेले आउट गरे । त्यसअघि ५.४ ओभरमा ३० रनको अवस्थामा बंगलादेशले चौथो विकेट लिएको थियो।
कप्तान रोहितकुमार पौडेलले आफ्नो पहिलो ओभरमा नेपाललाई चौथो सफलता दिलाएका थिए। त्यसअघि पाँचौँ ओभरको खेल चलिरहँदा नेपालले तीन विकेट लिइसकेको थियो। सोमपाल कामीले तेस्रो सफलता दिलाएका थिए।
उनले बंगलादेशी विकेटकिपर ब्याट्सम्यान लिटन दासलाई आउट गरे। सोमपालले आफ्नो तेस्रो ओभरमा दोस्रो विकेट लिएका हुन। त्यसअघि पहिलो बलमै सोमपाल कामीले बंगलादेशका तान्जिद हसनलाई आउट गरेका थिए।
यस्तै, दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले बंगलादेशी कप्तान नजमुल हसन सान्टोलाई बोल्ड गरे।