१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४२:oo

हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत गाभ्ने प्रक्रिया रोक्नुपर्ने माग गर्दै बागमती प्रदेश सभा भवनअगाडि दलहरूले प्रदर्शन गरेका छन्।

बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई प्रतिष्ठानमातहत राख्ने निर्णय गरेपछि एमालेबाहेकका राजनीतिक दलहरूले प्रदेश सभा भवनअगाडि भेला भएर प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने कांग्रेस र राप्रपाका प्रदेश सभा सांसदसहित जिल्लाका कांग्रेस, माओवादी केन्द्र, राप्रपा, नेपाल कम्युनिस्ट पार्टीलगायत दलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति छ।

उनीहरूले बागमती प्रदेश सरकारले मकवानपुरको हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेर अस्पतालको पहिचान र सम्पत्ति हड्प्न खोजेको आरोप लगाएका छन्।

यसअघि शुक्रबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माणका लागि अध्ययन गर्ने निर्णय गरेसँगै यस विषयले विवादको रूप लिएको छ। पछिल्लो समय हेटौँडा अस्पताल र प्रतिष्ठानबीच स्वामित्व विवाद चर्किँदै जाँदा प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माणको अध्ययन गर्ने निर्णय गरेको हो। 

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ अनुसार प्रादेशिक अस्पतालको रूपमा रहेको हेटौँडा अस्पताल प्रतिष्ठानअन्तर्गत रहने र मकवानपुरमा प्रादेशिक अस्पताल नरहेकाले अस्पताल स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको बताएका थिए।

यस्तै, शुक्रबार नै बसेको प्रदेश सभा बैठकमा कांग्रेसका प्रदेश सभा सांसद इन्द्रबहादुर बानियाँले विशेष समय लिएर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ संशोधन गर्न माग गरेका थिए।

उनले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत राख्न नमिल्ने भन्दै ऐन संशोधन गर्न माग गरेका हुन्। 
पछिल्लो समय मदन भण्डारी विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालबीच देखिएको विवाद समाधानका लागि ऐन संशोधन आवश्यक रहेको उनको भनाइ थियो।