बर्दिवासमा लागुऔषधविरुद्ध 'बिम्ब प्रतिबिम्ब'

२०७६ जेठ १ बुधबार २०:४५:०० | काठमाडौं

कलाकार तथा कार्यक्रम प्रस्तोता जीवनराज दाहालले आफ्नो गृहजिल्ला महोत्तरीको बर्दिवासमा लागुऔषध दुव्यर्सनविरुद्ध सडक नाटक बिम्ब प्रतिबिम्ब मञ्चन गरिरहेका छन् ।

लागुऔषध सेवनका कारण ज्यान गुमाइरहेका युवावर्गलाई त्यसविरुद्ध चेतना जगाउनका लागि बर्दिवास नगरपालिकाको सहयोगमा नाटक प्रस्तुत गरिएको जीवन बताउँछन् । रेडियो कार्यक्रम प्रस्तोताका साथै नेपालका हास्यव्यंग्य कलाकारहरू नामक पुस्तकका लेखक जीवन अहिले युवामा चेतना फैलाउने कार्यमा लागेका हुन् । स्थानीयस्तरका कलाकारको समेत सहभागिता रहेको नाटक ईश्वर पोखरेलले लेखेका हुन् । राजु दोङले निर्देशन गरेको नाटकमा इन्द्र थापा, अनिल दाहाल, राजु दोङ, सोबिका क्षेत्री, रामबाबु महतो, बेनिशा अधिकारी, मदन सुन्दासका साथ जीवन आफैँले अभिनय गरेका छन् । 

अभिनेता, निर्देशक सुभाष गजुरेल र समाजसेवी विष्णु बमजनको संयोजनमा तयार भएको नाटक जिल्लाका हाथिलेट, खयरमारा, किसाननगर, बिजलपुरालगायतका स्थानमा मञ्चन गरिएको उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस