२०७६ जेठ १ बुधबार १९:२९:००

सिद्धिचरण नगरपालिकाले दियो कृषकलाई हाते ट्याक्टर

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले कृषक समुहलाई हाते ट्क्याटर वितरण गरेको छ ।

घरमा गोरु नहुँदा समयमा खेती लगाउन समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै किसानहरुलाई खेतीगर्न सहज होस् भन्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरेको हो ।

नगरपालिका अन्तर्गत कृषि विकास शाखाले ७५ प्रतिशत अनुदानमा नगरपालिकाका विभिन्न कृषक समुह, कृषि सहकारी, अगुवा कृषकलाई खेतबारी जोत्ने हाते ट्याक्टर वितरण गरेको नगरपालिकाका प्रमुख मोहन श्रेष्ठले बताए । उनका अनुसार नगरपालिका भित्रका विभिन्न ११ जना कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ ।

नगरपालिकाको कृषि शाखाको वार्षिक कार्यक्रम अन्तर्गत ट्याक्टर खरिदमा ७ लाख ६५ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै कृषि क्षेत्रमा काम गरिरहेको संस्था हेल्भेटासको सहयोगमा १३ वटा फ्रुट स्प्रे र माटो ड्रिलिङ मेसिन वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।