Skip This
मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने, पाँच दलले गरे सहमति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १७ बिहीबार १९:३५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने, पाँच दलले गरे सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार १९:३५:oo

उपेन्द्र यादव नेतृत्वको पार्टी जसपा नेपाल संघ सरकारबाट बाहिरिएसँगै अस्थिर बनेको मधेश प्रदेश सरकारको नेतृत्व अब जनमत पार्टीले गर्ने भएको छ। आज साँझ प्रदेशको राजधानी जनकपुरधाममा पाँच दलले मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका हुन्।

एमाले, माओवादी, जनमत, लोसपा र एकीकृत समाजवादीका नेताले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै सहमतिपत्र सार्वजनिक गरेका छन्।

पाँच दलको सहमतिअनुसार अब जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्नेछन्।

सहमतिपत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमा नयाँ सरकार निर्माणका लागि सहमत दलहरूबीचको आपसी सहमतिमा मन्त्रालयको बाँडफाँट गर्ने उल्लेख छ।

यस्तै, नयाँ सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूलाई पनि सहभागी गराउन संवाद अगाडि बढाउने निर्णय भएको सहमतिपत्रमा उल्लेख छ।