मर्छु तर मोदीका माता–पिताको अपमान गर्दिनँ : राहुल गान्धी 

२०७६ जेठ १ बुधबार ०९:४२:०० | नयाँ दिल्ली

भारतमा जारी लोकसभा चुनावका दौरान प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट गान्धी–नेहरु परिवारमाथि थुप्रैपटक शाब्दिक आक्रमण भयो । 

तर भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले उज्जैनको एक सभामा घोषणा गरे कि प्रतिकारमा उनी मोदीका आमा–बुवा र परिवारप्रति कुनै अपमानजनक टिप्पणी गर्ने छैनन् । बरु मोदीलाई प्रेमपूर्वक हराउने उनले बताए ।

‘मोदीजी घृणापूर्वक बोल्नु हुन्छ । उहाँले मेरो बुवा, हजुरआमा र जीजुबुवाको अपमान गर्नुभएको छ । तर म आफ्नो जीवनकालभरी उहाँको परिवार, आमा र बुवाको बारेमा बोल्ने छैन । म मर्छु तर उहाँको बुवा–आमाको अपमान गर्ने छैन,’ गान्धीले भने । 

एक चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राहुलका पिता राजीव गान्धीले ‘नम्बर एक भ्रष्टाचारीका रुपमा आफ्नो जीवन अन्त्य गरेको’ टिप्पणी गरेका थिए । मोदीले इन्दिरा गान्धी र जवाहरलाल नेहरुविरुद्ध पनि अपमानजनक टिप्पणी गरेका छन् ।  

प्रतिकृया दिनुहोस