१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २१ सोमबार
  • Monday, 03 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २१ सोमबार १२:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
ad
ad
प्रवास डिजिटल संस्करण

धरानका एड्रियन अमेरिकी संसद्को उम्मेदवार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २१ सोमबार १२:o५:oo

सुनसरीको धरानमा जन्मेका आशिष पोख्रेल (एड्रियन) यतिखेर भर्जिनिया १० बाट अमेरिकी संसद्का लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् । निर्वाचनको नियमअनुसार एक हजारजनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । कुनै पनि उम्मेदवारलाई यति संख्यामा हस्ताक्षर पुर्‍याउन ठूलो चुनौती हुन्छ ।  उनले उक्त चुनौती छोटो समयमै पार गरेर अहिले चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएका छन् ।

१४ वर्ष अमेरिकी सेनामा काम गरेका अमेरिकी सेनाका पूर्वकप्तान पोख्रेलले विश्वकै शक्तिशाली गुप्तचर संस्था केन्द्रीय खुफिया एजेन्सी (सिआइए) मा ६ वर्ष काम गरिसकेका छन् । उनको उम्मेदवारीलाई नेपालीहरूले मात्र होइन, भर्जिनिया १० मा रहेका धेरै अमेरिकीले पनि सकारात्मक रूपमा हेरेका छन् ।

उनको उम्मेदवारीबाट नेपालीहरूलाई हेर्ने अमेरिकी दृष्टिकोण बदल्न सक्ने सम्भावना भएकाले त्यहाँका नेपालीहरूले सकारात्मक रूपमा लिएका छन् । साथै उनले लिएका एजेन्डाहरूका कारण उनलाई अमेरिकीहरूले पनि मन पराएका छन् ।
उनले आफूले अमेरिकीहरूबीच एकता र समानता ल्याउन चुनावमा होमिएको बताएका छन् । एड्रियनले मानसिक स्वास्थ्य सेवा सुधार गर्ने, स्वास्थ्य सेवाको लागत घटाउने र महिलाको प्रजनन अधिकार, रोजगारी सिर्जना, श्रमिक संघहरूको अधिकार र लोकतन्त्रको सुरक्षालाई प्राथमिकता दिएका छन् ।

पोख्रेल सैन्य खुफिया, व्यवस्थापन, नेतृत्व, साइबर, नैतिक ह्याकर, नेटवर्क प्रशासक, सुरक्षा विशेषज्ञ, राष्ट्रिय सुरक्षाजस्ता विषयका ज्ञाता हुन् । धरानको शिक्षा सदनबाट शिक्षा सुरु गरेका उनले अमेरिकामा बिजनेस एडमिनिस्ट्रेसन, फाइनान्स, इन्टेलिजेन्स स्टडी र रणनीतिक सुरक्षा विषयमा अध्ययन गरेका थिए ।

आउँदो जुन १८ मा हुने प्राथमिक निर्वाचनमा पोख्रेलसहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । धरान– १४ विजयपुरमा जन्मेका पोखरेलले धरानकै शिक्षा सदन माविबाट स्कुले शिक्षा लिए भने उच्च शिक्षा काठमाडौंको शंकरदेव क्याम्पसबाट पाए । त्यसपछि उनले अमेरिकाको टेक्सासस्थित सान ज्याकिन्टो कम्युनिटी कलेजमा बिजनेस एडमिनिस्ट्रेसन र ह्युस्टन विश्वविद्यालयबाट फाइनान्स विषयमा स्नातक उत्तीर्ण गरे । अमेरिकी सैन्य विश्वविद्यालयबाट इन्टेलिजेन्स स्टडीमा मास्टर्स अनि राष्ट्रिय अमेरिकी विश्वविद्यालयबाट रणनीतिक सुरक्षामा पिएचडी गरे । 

अमेरिकामा सुरुवाती दिनमा ह्युस्टन क्षेत्र वरपर ग्यास स्टेसनमा काम गरेका उनले त्यसपछि कन्टिनेन्टल एयरलाइन्समा विभिन्न पदमा ११ वर्ष काम गरे । त्यसपछि ह्युस्टन प्रहरी विभाग, यातायात सुरक्षा प्रशासन, रेलमार्ग, राष्ट्रिय सुरक्षा एजेन्सी हुँदै उनले केन्द्रीय खुफिया एजेन्सी (सिआइए) मा ६ वर्ष काम गरे । उनले अमेरिकी सेनामा भर्ती भएर सैनिक हुँदै अधिकृतका रूपमा १२ वर्ष काम गरे ।

ad
ad
ad
ad
ad
ad