१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २१ सोमबार
  • Monday, 03 June, 2024
नयाँ पत्रिका एडिनवर्ग
२o८१ जेठ २१ सोमबार १o:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

बेलायतमा धर्म मान्ने जनसंख्यामा भारी गिरावट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, एडिनवर्ग
नयाँ पत्रिका
२o८१ जेठ २१ सोमबार १o:३१:oo

संयुक्त राज्यको एक एकाइ स्कटल्यान्डमा मंगलबार प्रकाशित पछिल्लो जनगणनाको विवरणअनुसार देशका बहुसंख्यक मानिसले उनीहरूले कुनै धर्म नमान्ने बताएका छन् । सन् २०२२ मा भएको जनगणनामा ५१ दशमलव एक प्रतिशत उत्तरदाताले ‘कुनै धर्म नमान्ने’ जवाफ दिएको स्कटल्यान्डको नेसनल रेकर्ड्सले बताएको छ ।

यसअघि अर्थात् सन् २०११ मा भएको जनगणनामा कुनै धर्म नमान्ने उत्तर दिनेको हिस्सा ३६ दशमलव सात प्रतिशत थियो । उता संयुक्त राज्यका अन्य एकाइ इंग्ल्यान्ड र वेल्समा ‘कुनै धर्म नमान्ने’ जवाफ दिनेको संख्या दोस्रो उच्च देखियो । ती मुलुकमा सन् २०११ आफू कुनै धर्ममा आबद्ध नरहेको बताउने जनसंख्या २५ दशमलव दुई प्रतिशत रहेकोमा अहिले तिनको संख्या बढेर ३७ दशमलव दुई प्रतिशत पुगेको छ । 

उत्तरी आयरल्यान्डमा सन् २०११ मा १० दशमलव एक प्रतिशत जनसंख्याले आफू कुनै धर्ममा आबद्ध नरहेको जवाफ दिएका थिए । इसाई धर्मावलम्बी जनसंख्यामा गिरावट देखिँदा मुस्लिम जनसंख्या भने १० वर्षमा थोरैले बढेको छ । १० वर्षमा मुस्लिम जनसंख्या एक दशमलव ४५ प्रतिशतबाट बढेर दुई दशमलव दुई प्रतिशत भएको छ । धर्म मान्नेमध्ये ‘इसाई’ अहिले पनि सबैभन्दा ठूलो समुदाय कामय छ । सन् २०२१ मा उत्तरी आयरल्यान्डमा बस्ने क्याथोलिकहरूको संख्या पहिलोपटक प्रोटेस्टेन्ट र अन्य इसाई सम्प्रदायभन्दा बढी भएको छ । बेलायतको स्वामित्वमा रहेको आयरल्यान्ड टापुको यो हिस्सालाई सन् १९२१ मा प्रोटेस्टेन्ट–बहुमत हुने गरी बनाइएको थियो । 

ad
ad
ad
ad
ad
ad