१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार १८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बागमती गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै एपिएफ सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १८:३९:oo

विभागीय टोली सशस्त्रको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा लिग लिडर चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलअन्तरले हराउँदै एपिएफले सेमिफाइनलमा स्थान बनाएको हो।

पहिलो हाफ गोलरहित भएको खेलको दोस्राे हाफमा दुवै टिमले गोल गरे। एपिएफको जितमा अनिष महर्जनले दुई र विदेशी खेलाडी फोडे फोफनाले एक गोल गरे। चर्च ब्वाइजका लागि विशाल बस्नेतले एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन्।

खेलको म्यान अफ दी म्याच एपिएफका लागि दुई गोल गरेका महर्जन भए। उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे। गत हप्ता मात्रै सम्पन्न छैटौँ संस्करणको मकवानपुर गोल्डकप खेलेका महर्जनले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै बुलेट बाइक प्राप्त गरेका थिए। मकवानपुर महर्जनको घरेलु जिल्ला पनि हो।

जितसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ। यसअघि बिहीबार भएको पहिलो क्वार्टरफाइनल खेलमा नवजनजागृति युवा क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) सेमिफाइनल प्रवेश गरिसकेको छ। 

एपिएफले अब फाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समिति र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताअन्तर्गत शनिबारको क्वार्टरफाइनल खेलमा जावलाखेल युथ क्बल र मच्छिन्द्र युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ। प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेता टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

ad
ad