१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख ३० आइतबार २o:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

घुस दिएका व्यक्तिले प्रतिकूल बकपत्र गरेपछि विशेषले तोक्यो कैद, घुस लिने दुईलाई पनि सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २o:३९:oo

विशेष अदालतले अदालतमा प्रतिकूल बकपत्र गरेको भन्दै एकजनालाई एक महिना कैद सजाय सुनाएको छ । शुक्रबार विशेषले सरकारी साक्षी भएर पनि प्रतिकूल बकपत्र गरेको भन्दै घुस दिने नबि अख्तर मियाँलाई सजाय सुनाएको हो । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले दुई मुद्दाको सुनुवाइ गर्दै दुवैमा कसुर ठहर हुने फैसला गरेको छ । यसै वर्ष दायर यी दुवै मुद्दामा आठ महिना नपुग्दै फैसला आएको हो । 

मालपोत कार्यालय बारामा कार्यरत खरिदार रामविश्वास साह र कलैया महानगरपालिका २५ का गौरीशंकर कुशवाहले घुस मागिरहेको भन्दै अख्तियारमा उजुरी परेको थियो । जग्गा रजिस्ट्रेसन पास गर्न भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ माग गरिरहेको सूचना आएपछि हेटौँडाबाट खटिएको टोलीले साह र कुशवाहका साथ घुस लिइसकेको १५ हजार रुपैयाँ बरामद गरेको थियो । 

खरिदार साहले कुशवाहलाई घुस रकम लिन लगाएको अख्तियारको अनुसन्धानले देखाएको थियो । जसपछि कुशवाहलाई मतियार र साहलाई मुख्य कसुरदारका रूपमा प्रतिवादी बनाई २९ जेठ ०८० मा मुद्दा दायर भएको थियो । 

यस मुद्दामा विशेषले कसुर कायम हुने फैसला गर्दै साहलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको छ । यसैगरी, मतियार कुशवाहलाई भने १५ दिन कैद तथा ७५ सय रुपैयाँ जरिवाना हुने भएको छ । 

यस मुद्दामा घुस बुझाउने मियाँलाई विशेषले सरकारी साक्षीका रूपमा सजाय छुट दिँदै अदालतमा पेस गरेको थियो । तर, उनले अख्तियारमा गरेको बयानभन्दा फरक बकपत्र गरेपछि अख्तियारले उनलाई सजाय माग गर्दै मुद्दा चलाएको थियो । 

यस कसुरमा मियाँ दोषी पाइएपछि एक महिना कैद सजाय भएको हो । उनीविरुद्ध विशेषमा १२ असोजमा प्रतिकूल बकपत्रको निवेदन दर्ता भएको थियो ।

ad
ad