Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २१ बुधबार
  • Wednesday, 05 August, 2020
२०७६ बैशाख २३ सोमबार ०९:०३:००
दृष्टिकोण

भेनेजुएला दक्षिण अमेरिकाको अफगानिस्तान बन्ने खतरा

विभाजित अवस्थामा रहेको भेनेजुएलामा सैन्य कारबाही गर्नुपूर्व अमेरिकाले अफगानिस्तानबाट सिकेको पाठलाई चेतावनीका रूपमा हेर्नुपर्छ

२०७६ बैशाख २३ सोमबार ०९:०३:००

भेनेजुएलाले अहिले चरम मानवीय तथा आर्थिक संकट व्यहोरिरहेको छ । भोकमरी र गरिबी बढेको छ । दुई दशकसम्म लागू भएको असान्दर्भिक आर्थिक नीतिको उपजस्वरूप अहिले महँगी आकासिएको छ । ३० लाखभन्दा बढी जनसंख्याले देश छाडिसकेका छन् । देशका सात बालबालिकामध्ये एकजना कुपोषणको सिकार भएका छन् । 

हिंसा बढ्दो छ । प्रत्येक एक लाखमध्ये औसतमा ८० जनाको हत्या भएको तथ्यांकले भेनेजुएलालाई ल्याटिन अमेरिकाकै सबैभन्दा हिंसात्मक देश बनाएको छ । वर्षौंदेखिको लोडसेडिङ र पानीको समस्याबाट जनता प्रताडित छन् । अवस्था नाजुक छ र अझै नाजुक बन्न सक्ने सम्भावना देखिएका छन् । राष्ट्रिय संसद्ले विपक्षी नेता जुआन गुएइदोलाई यसै वर्षको जनवरीमा अन्तरिम प्रधानमन्त्री चयन गरेपछि घरेलु संकट नाकटीय ढंगले अघि बढ्दो छ । निर्वाचित राष्ट्रपति निकोलस मदुरोलाई गुएइदोले खुलेआम चुनौती दिइरहेका छन् । उनलाई पश्चिमा तथा केही ल्याटिन अमेरिकी देशले साथ दिएका छन् ।

यस्तो परिस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सरकारलाई बर्खास्त गर्न सैनिक हस्तक्षेप गर्ने आफ्नो चाहना स्पष्ट पारिसकेका छन् । रुसले सरकारको सहयोगमा राजधानी काराकसमा आफ्ना सैनिक पठाइसकेको छ । कुनै पनि विदेशी सैन्य हस्तक्षेपले यतिवेला भेनेजुएलालाई अन्धकारमा धकेल्न सक्छ ।  सन् २००१ मा अफगानिस्तानमा अमेरिकी नेतृत्वको आक्रमणलाई यहाँ सम्झन आवश्यक छ । आक्रमणको छोटो समयमै तालिवान सत्ताच्युत भयो । तर, स्थिरता र शान्ति फर्काउने प्रयास अहिलेसम्म पनि सफल हुन सकेको छैन । भेनेजुएलामा ठीक त्यस्तै हुन सक्छ । भेनेजुएलामा अहिले वामपन्थीले आफ्नो लोकप्रियता गुमाएका छन् । राष्ट्रपति मदुरोको पक्षमा झन्डै २० प्रतिशत जनता मात्रै रहेको एक सर्वेक्षणले देखाएको छ । 

विभाजित अवस्थामा रहेको भेनेजुएलामा सैन्य कारबाही गर्नुपूर्व अमेरिकाले अफगानिस्तानबाट सिकेको पाठलाई चेतावनीका रूपमा हेर्नुपर्छ

पूर्वराष्ट्रपति ह्युगो चाभेज र उनका उत्तराधिकारी मदुरोले सरकारी संस्थालाई कमजोर बनाए । देश भष्टाचारको अखडा बन्यो । सरकारका सहयोगीलाई कार्यालय सुम्पिएर राज्यकोषबाट चाहेजति कमाउन छुट दिइयो । यसको सबैभन्दा ठुलो उदाहरण बोलिभारियन राष्ट्रिय सेना (एफएएनबी) हो । एक दशकअघि चाभेजले देशको महŒवपूर्ण सम्पत्ति सैनिक कमान्डरहरूको नियन्त्रणमा सुम्पिएका थिए । सेनाका अधिकारीले अवैधानिक रूपमा यहाँबाट फाइदा कमाउन थाले ।  हुँदाहुँदा देशको सीमारक्षा गर्नुपर्ने सैनिक ड्रग्स तथा इन्धनको कारोबारमा समेत संलग्न भएको आरोप लाग्यो । 

सैनिक नेतृत्वले यसकारण पनि मदुरोलाई निरन्तर सहयोग गरिरहेको छ, उनीहरूलाई थाहा छ, यसबाहेक अन्य सरकारबाट उनीहरूले चाहेजस्तो फाइदा लिन सक्दैनन् । तर, मदुरो सरकारको साख जोगाउने राष्ट्रिय सैनिक एक्लो भने होइन । सुरुवाती वर्षमा पूर्वराष्ट्रपति ह्युगो चाभेजलाई सैनिकले साथ दिन चाहेको थिएन । उनीविरुद्ध कु प्रयास पनि गरिएको थियो । त्यसपछि असुरक्षित महसुस गरेका चाभेजले आफ्ना सहयोगी समूहलाई हतियार उपलब्ध गराउने निर्णय गरेका थिए । यो बोलिभारियन चक्र अहिले पनि चलिरहेको छ । यस्ता समूह समाजवादी क्रान्तिको रक्षा गर्नु आफ्नो लक्ष्य रहेको बताउँछन् । तर, उनीहरू हतियारधारी आपराधिक गिरोहमा परिणत भइसकेका छन् । उनीहरू सरकारका आलोचकप्रति कडा रूपमा प्रस्तुत हुन्छन् । त्यसको बदलामा अवैध कारोबार गर्ने छुट सरकारबाट पाएका छन् । यस्ता धेरै दस्ता जो विगत दुई दशकदेखि शक्तिशाली छन् । मदुरो सरकार ढले उनीहरूको सर्वस्व गुम्नेछ । 

अहिलेको मुख्य प्रश्न कसरी मदुरोलाई हटाउने भन्ने होइन, कसरी रक्तपात हुन नदिई देशमा शान्तिपूर्ण परिवर्तन ल्याउन सकिन्छ भन्ने नै हो

अर्कातर्फ गुएइदो छन् । विभाजित अवस्थामा रहेको भेनेजुएलामा सैन्य कारबाही गर्नुपूर्व अमेरिकाले अफगानिस्तानबाट सिकेको पाठलाई चेतावनीका रूपमा हेर्नुपर्छ । मदुरोलाई हटाउन सहज होला । तर, उनी विस्थापित भएपछि सुरु हुने अस्थिरता रोक्न निकै कठिन छ । विदेशी सेनाको सहयोगमा भेनेजुएलाको विपक्षीले सहजै सत्ता कब्जा ग-यो भने झन्डै पाँच लाखको संख्यामा रहेको राष्ट्रिय सेना र मदुरो सरकारबाट संरक्षित अन्य हतियारधारी समूहले ग्रामीण विद्रोह सुरु गर्नेछन् । द्वन्द्व निम्तिएको अवस्थामा राष्ट्रिय सेनामा विभाजन आउन सक्छ र केहीले अहिलेको विपक्षीलाई साथ दिन सक्छन् । अमेरिकाले सैन्य हस्तक्षेप गरिहाले मैदानमा रहेको रुसी सेनाले विवादबाट आफूलाई टाढा राख्ने प्रयास गर्नेछ । तर, उनीहरूले नयाँ मिलिसिया फौजलाई हतियार र अन्य युद्ध सामग्री उपलब्ध गराउन निर्णायक भूमिका खेल्न सक्छन् । 

(भाल्लाडारेस सुरक्षाविद् हुन् भने मोर्फिनी राजनीति तथा समाजशास्त्रका लेक्चरर हुन्)
अलजजिरा डट कमबाट