१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मधेश कृषि विश्वविद्यालयमा जनमतको ताला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:३७:oo

जनमत पार्टीका कार्यकर्ताले मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको शिलान्यास गर्ने कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमतका कार्यकर्ता मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गर्दै विरोधमा उत्रिएका हुन् ।

राजविराज नगरपालिका– १३ मा सोमबार विश्वविद्यालयको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । जनमतले आइतबार विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीपछि विश्वविद्यालयको शिलान्यासको प्रमुख अतिथिका विषयमा जसपा र जनमतका कार्यकर्ता आमने–सामने भएका छन् ।

कुनै पनि हालतमा जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि नमान्ने अडानमा जनमतका कार्यकर्ता छन् । यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने जसपा कार्यकर्ताको अडान छ । दुई पार्टीका कार्यकर्ता आमने–सामने भएपछि जिल्लामा सुरक्षा चुनौती थपिएको छ । जनमत तथा जसपा कार्यकर्ता आमने–सामने भएपछि सप्तरीलाई‌ हाइअलर्टमा राखिएको छ ।

ad
ad