१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

२५औँ पोखरा सडक महोत्सव [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:o९:oo

‘सडकमै खाऔँ सडकमै रमाऔँ’ नारासहित पोखरामा २५औँ पोखरा सडक महोत्सव सुरु भएको छ। पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चेबाजासहित महोत्सवले आफ्नो सुरुवात गरेको हो।

सांस्कृतिक झाँकीसहितको बाजागाजा टोली कोमा जाने पार्कमा प्रवेश गरेकाे थिए। कार्यक्रम पोखराका स्थानीय क्लब तथा आमा समूहको उल्लेख्य उपस्थिति छ।

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा हरेक वर्ष यो महोत्सव हुने गरेको छ। महोत्सवलाई रेस्टुरेन्ट तथा बार एसाेसिएसन नेपालले (रेवान) आयोजना गर्ने गरेको छ। 

डिसेम्बर २८ देखि जनवरी १ तारिखसम्म चल्ने यो महोत्सवमा कोमा जाने विभिन्न सांस्कृतिक सांगीतिक, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुने गरेको छ भने लेकसाइडको करिब तीन किलोमिटर सडकखण्डमा त्यहाँका रेस्टुरेन्टहरूले आफ्ना पकवानहरू पस्किने गरेका छन्।

महोत्सवमा राष्ट्रियस्तरमा चर्चित गायकहरू दीपक बज्राचार्य, र्‍यापर लाहुरे, र्‍यापर राजन केसी, शिला आले, समीक्षा अधिकारी, बद्री पँगेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एन्ड रिभाइबल, मोक्ष ब्यान्ड आदि चर्चित गायक–गायिका एवं ब्यान्डले आफ्नो प्रस्तुति दिनेछन्। 

महोत्सवमा रेवानले  एड साथी तथा स्वर्णिम इन्टरटेनमेन्टसँग व्यवस्थापकीय सहकार्य र ‘नोस्टाल्जिक–थ्री’सँग  फुड कोर्ट पार्टनरका रूपमा सहकार्य गरिरहेको छ।

 

 

 

ad
ad