१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा करेक्सन, साउनयताकै उच्च कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५o:oo

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा करेक्सन आएको छ। अघिल्लो दिन नेप्सेमा तेस्रोपटक एक सय ११ अंकले बढेर सर्किट ब्रेक लागेर कारोबारअगावै बन्द भएको थियो। तर, सोमबार पुनः बजारमा करेक्सन भएको हो। 

नेप्सेमा उच्च अंकले बढेपछि करेक्सन हुने पछिल्लो ट्रेन्डहरूले पनि देखाउँदै आएको देखिन्छ। यस दिन १५.४० अंकले घटेर नेप्से सूचक एक हजार नौ सय ४८.५७ विन्दुमा आइपुगेको छ।

धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका तीन सय तीन कम्पनीका एक करोड ४६ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ८४ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ।

यो कारोबार पाँच महिनायताकै उच्च कारोबार हो। यसअघि गत ८ साउन सोमबार भएको थियो। त्यतिवेला नेप्से सूचक दुई हजार दुई सय दशमलव ५० विन्दुमा रहेको थियो। 

घटेको बजारमा  तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ। बटलर्स नेपाल, सामुदायिक लघुवित्त, डोल्टी पावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। हाथवे इन्भेष्टमेन्ट, इन्फिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९०  प्रतिशतले बढेको छ।

सर्वाधिक कारोबार हुने कम्पनीमा सोनापुर मिनरल्स एन्ड आयल, रिलायबल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र शिवम् सिमेन्टको सेयर मूल्य १३ करोड ७३ लाख रुपैयाँदेखि २५ करोड १५ लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छ।