१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Wednesday, 26 June, 2024
रासस बेइजिङ
२o८o मङ्सिर २२ शुक्रबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनद्वारा विरोध

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १२:१o:oo

चीनले अमेरिकी निर्यात नियन्त्रण नीतिको विरोध गरेको छ।

चीनविरुद्ध निर्यात नियन्त्रण नीतिको दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउनेलगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले बताएका छन्।

सेमिकन्डक्टर र अत्याधुनिक प्रविधिहरूमा चीनको पहुँचमा प्रतिबन्ध लगाउन आग्रह गर्ने अमेरिकी वाणिज्यमन्त्री जिना रेमन्डोको हालै सार्वजनिक टिप्पणीबारे सोधिएको पत्रकारहरूको प्रश्नको जवाफमा उनले सो जवाफ दिएका हुन्।

चीन–अमेरिका सम्बन्धका प्रतिस्पर्धात्मक पक्षहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न दुवै राष्ट्र प्रमुखहरू सहमत भएको सन्दर्भ उल्लेख गर्दै उनले सान फ्रान्सिस्को शिखर सम्मेलनमा भएको सहमतिलाई कार्यान्वयन गर्न सम्बन्धित अमेरिकी पक्षले चीनसँग मिलेर काम गर्ने आशा पनि व्यक्त गरेका छन्।

अमेरिकी पक्षको नियन्त्रणका प्रतिबन्धात्मक उपायहरू राष्ट्रिय सुरक्षाको अवधारणाको सामान्यीकरण हो भनेर चीनले बारम्बार औँल्याएको छ। यस्ता प्रतिबन्धात्मक उपायहरूले बजारका सामान्य नियम एवं अन्तर्राष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई कमजोर पार्ने र विश्वव्यापी औद्योगिक र आपूर्ति शृंखलाको स्थिरतालाई समेत थप खतरामा पार्ने मन्त्रालयका प्रवक्ताको दाबी छ।

यस्ता प्रतिबन्धात्मक उपायहरूले चीनको विकासलाई नरोक्ने, तर अमेरिकी कम्पनीहरूले चिनियाँ बजार गुमाउन सक्ने खतरा रहेको  उनले औँल्याएका छन्।

साथै चीनले यस किसमका प्रवृत्ति र प्रभावलाई नजिकबाट नियाल्ने र आफ्नो अधिकार संरक्षणका लागि भने दृढतापूर्वक उभिने प्रवक्ता हेको तर्क छ।

ad
ad
ad
ad