१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 10 May, 2025
२o८o मङ्सिर २१ बिहीबार १३:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पेरूका पूर्वराष्ट्रपति फुजिमोरी १६ वर्षपछि रिहा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १३:२५:oo

पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी १६ वर्षपछि जेलमुक्त भएका छन्।

मानवताविरुद्धको अपराधमा उनलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो। संवैधानिक अदालतले मंगलबार ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उनी जेलमुक्त भएका हुन्।

अस्वस्थ देखिएका फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किएका थिए। रिहाइपछि उनले परिवारका सदस्यलाई भेटेका थिए।

उनले १९९० देखि २००० सम्म शासन गरेका थिए। सन् २००९ मा उनलाई दाेषी ठहर गर्दै त्यहाँकाे अदालतले जेल सजाय सुनाएकाे थियाे। उनीमाथि १९९१ देखि १९९२ मा २५ जनाकाे हत्या गर्ने आदेश दिएकाे आराेप लागेकाे थियाे।  

केही समयअघि नेसनल पेनिटेन्सियरी इन्स्टिच्युटले सामाजिक सञ्जालमार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढाएको थियो।