१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १५:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नियमविपरीत सञ्चालित ई-रिक्सा नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१९:oo

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका एक सय ३२ ई–रिक्सा नियन्त्रणमा लिएको छ। 

सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटलाई कालो बनाइएका यात्रु बोकिरहेका ई–रिक्सालाई नियन्त्रणमा लिइएको नगरप्रमुख प्रशान्त विष्टले बताए। 

उनका अनुसार मंगलबार एक सय ३२ ई–रिक्सालाई नियन्त्रणमा लिइएको छ। नीतिनियम र प्रक्रियाविपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ यात्रुवाहक ई–रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ ई–रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा नियन्त्रणमा लिएर राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। 

‘यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती ई–रिक्सालाई गुड्न दिइनेछैन,’ प्रजिअ पोखरेलले भने, ‘यातायातमा प्रक्रिया पुर्‍याएर उपमहानगरपालिकामा सूचीकृत भएपछि मात्र हामीले ई–रिक्सा चल्ने अनुमति दिनेछौँ।’  

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार उक्त ई–रिक्सा ‘होल्ड’ गरिएको जानकारी दिए। जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, ई–रिक्सा कम्पनीलगायत सरोकारवालाबीचको निरन्तर छलफल र बैठकपछि ई–रिक्सा होल्ड गर्न सुरु गरिएको उनले बताए। 

उपमहानगरपालिकाद्वारा पछिल्लोपटक पनि सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटलाई कालो बनाउन आह्वान गरिएको थियो। नेपालगन्ज सहरमा आवश्यकताभन्दा बढी ई–रिक्सा जथाभावी चल्न थालेपछि ट्राफिक अस्तव्यस्तता बढेको ट्राफिक प्रमुख सुवेदीले बताए। 

करिब चार हजार गुडे पुग्ने अनुमान गरिएको नेपालगन्जमा झन्डै १० हजार ई–रिक्सा गुडेको उनको भनाइ छ। हालसम्म नेपालगन्जमा दुई हजार आठ सय ई–रिक्सा मात्र सूचीकृत भएको उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख वीरबहादुर थापाले बताए।