१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम डेढ अर्बमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१५:oo

सेयर बजारको गिरावटले आज पनि निरन्तरता पाएको छ। मंगलबार नेप्से परिसूचक १०.१० विन्दुले घटेर एक हजार आठ सय ३७.७१ अंकमा झरेको छ। यसअघि पछिल्ला ६ दिनदेखि नेप्सेमा गिरावट आइरहेको छ। 

मंगलबार ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले घटेको छ।

आज ६२ कम्पनीको सेयर मूल्य बढ्दा एक सय ६१ कम्पनीको मूल्य घटेको छ। कुल ४६ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड ४९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सोमबार एक अर्ब १८ करोड ८९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये जीवन बिमा ०.१६ प्रतिशतले बढ्दा बाँकी सबै उपसमूहमा गिरावट आएको छ। आज उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक २.५७ प्रतिशतले घटेको छ। होटेल तथा पर्यटन १.७१ प्रतिशत र व्यापार १.११ प्रतिशतले गिरावट हुँदा बाँकी उपसमूहमा पनि एक प्रतिशतभन्दा कमको गिरावट भएको छ।

घटेको बजारमा आज ‘सिभिल बैंक डिबेन्चर २०८८’का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यो डिबेन्चरको मूल्य ७.३६ प्रतिशतले वृद्धि हुँदा ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फन्ड २’ ४.२९ प्रतिशतले र माहुली लघुवित्त ३.९२ प्रतिशतले बढेको छ।

मंगलबार विशाल बजार कम्पनीका लगानीकर्ताको सेयर मूल्य ९.५३ प्रतिशतले घटेको छ। यसैगरी, माउन्टेन इनर्जी नेपाल, उन्नति सहकारी लघुवित्त र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य आठ प्रतिशतभन्दा धेरैले घटेको छ।