मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Wednesday, 18 December, 2024
देश/विदेश
२o८o मङ्सिर १९ मंगलबार o८:२१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेजन वर्षावन जोगाउने चुनौती

Read Time : > 2 मिनेट
देश/विदेश
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार o८:२१:oo

अन्ततः ब्राजिलको अमेजन वर्षावन क्षेत्रबाट शुभ समाचार आइरहेका छन् । पछिल्लो पाँच महिनामा वनविनाशको गति अघिल्लो वर्षको तुलनामा झन्डै ५० प्रतिशतले घटेको छ । यो परिवर्तनले सरकार परिवर्तनको सार्थकता प्रतिबिम्बित गर्छ । सन् २०१९ देखि २०२२ सम्म ब्राजिलका राष्ट्रपति रहेका जायर बोल्सोनारोले अमेजन वर्षावनमा रुख काट्ने र डढेलो लगाउने काममा संलग्न काठ तस्कर र पशुपालकलाई खुलेर समर्थन गरेका थिए । वर्षावन फँडानी रोक्ने उपाय लागू गर्नुको सट्टा बोल्सोनारोले वातावरणीय कानुन एवं व्यवस्था लागू गर्न आवश्यक जिम्मेवार निकायलाई सक्रिय रूपमै कमजोर बनाएका थिए ।

गत वर्ष मतदाताले बोल्सोनारोलाई हटाउने निर्णय वास्तवमा अमेजन संरक्षणका लागि अपरिहार्य काम थियो । वर्तमान राष्ट्रपति, लुइज इनासियो लुला दा सिल्भा अमेजन संरक्षणका लागि साँच्चै प्रतिबद्ध छन् । हालैको हाम्रो रिपोर्टमा जोड दिइएझैँ सशस्त्र संघीय बलले सक्रिय रूपमा अवैध खनन कार्य रोकिरहेको छ र त्यसैगरी बलले यी अवैध समूहका उपकरण जफत पनि गरिरहेको छ ।

यद्यपि, सरकारको यो कार्यान्वयन प्रयासमा मात्रै भर पर्नु अपर्याप्त हुन्छ । अमेजन क्षेत्रमा कानुनी शासन लागू गर्न लुलाले भूमिको स्वामित्व परिभाषित गर्ने दिशातर्फ काम गरिरहेका छन् । वास्तवमा यो कदम धेरै पहिले चालिनुपथ्र्याे । हाल अमेजन क्षेत्रमा कम्तीमा २२ विभिन्न ब्राजिलियन एजेन्सी छन्, जसले भूमि दाबी दर्ता गर्ने काम गर्छन् । सञ्चार एवं संवादको कमीका कारण यी एजेन्सीले वर्षावनका विभिन्न हिस्सामा आउने विरोधाभाषी दाबीको सामना गर्छन् । यसबाहेक ब्राजिलको अमेजन क्षेत्रको एक ठूलो हिस्सा अर्थात् २९ प्रतिशत भूमिलाई ‘अनिर्धारित’ भन्दै वर्गीकृत गरिएको छ । ‘अनिर्धारित’ भूमि सार्वजनिक भूमि हो, तर यो प्रकृति आरक्षित हुने, आदिवासी आरक्षित हुने वा अन्य कुनै नाममा जाने हो भन्नेमा कुनै निक्र्योल भएको छैन ।

अमेजन वर्षावनमा हुने सम्भावित क्षतिले विश्वव्यापी प्रकोप निम्त्याउने खतरा छ भने यसबाट हुने क्षति ‘पराकाष्ठाको बिन्दु’मा पुगिसकेको छ 

अस्पष्ट सम्पत्ति अधिकार भएका क्षेत्रमा वन विनाश सबैभन्दा गम्भीर देखिन्छ । वर्षावन क्षेत्रको स्पष्ट स्वामित्वको अभावले विनाशको मामिलालाई जटिल बनाएको छ । जब स्थानीय अधिकारीले ऐतिहासिक रूपमा भूमि अतिक्रमणलाई सहन्छन् भने यसले यस्तो संस्कृतिलाई प्रोत्साहन गर्छ, जसले थप अवैध गतिविधिलाई बढावा दिनेछ । पशुपालकले प्रायः रुख काटेर, वनस्पति जलाएर र गाईवस्तुलाई नयाँ बनाइएको चरनमा चराएर भूमि नियन्त्रणमा जोड दिने लक्ष्य राख्छन् । यी कार्य अवैध भए पनि धेरैले विगतका नजिरका आधारमा नियन्त्रणमा लिइएका जग्गाको स्वामित्वको दाबी समय क्रममा स्वीकार हुनेछ भन्ने आशा राख्छन् ।

लुलाले भूमि हडप्ने यसअघिका क्रम रोक्न अनिर्धारित भूमिलाई संरक्षित भूमिका रूपमा वर्गीकरण गर्ने र सबै सम्पत्ति अभिलेखलाई एकीकृत प्रणालीमा समेट्ने योजना बनाएका छन् । यो महत्वपूर्ण कामका लागि भूउपग्रह तथ्यांक र डिजिटल प्रविधिको प्रयोग गर्न आवश्यक छ । यसमा यी प्राविधिक चुनौती मात्रै छैनन् । राज्य र स्थानीय नेता एवं कृषि तथा खानी स्वार्थ समूहबीचको घनिष्ठ सम्बन्धलाई हेर्ने हो भने लुलाको योजना राजनीतिक रूपमा पनि संवेदनशील छ । यी प्रभावशाली व्यक्ति–समूहले भूमि बाँडफाँड परिवर्तनको प्रतिरोध गर्ने सम्भावना छ । तथापि, यो प्रयास ग्रहको सबैभन्दा महत्वपूर्ण पारिस्थितिक प्रणालीलाई सुचारु राखिराख्न महत्वपूर्ण छ ।

अमेजन वर्षावनले ठूलो कार्बन भण्डारण, जैविक विविधताको भण्डारण र दक्षिण अमेरिकालाई जीवन्त राख्ने वर्षाको महत्वपूर्ण नियामकका रूपमा काम गर्छ । व्यापक वन विनाशले वर्षावनलाई जीवन्त राख्ने जलचक्रमा पनि बाधा पुर्‍याउँछ । त्यसमाथि अमेजन वर्षावनमा हुने सम्भावित क्षतिले विश्वव्यापी प्रकोप निम्त्याउने र क्षति ‘पराकाष्ठाको बिन्दु’मा पुगिसकको भन्दै विभिन्न वैज्ञानिक चिन्तित छन् । 

तसर्थ, अमेजन वर्षावनको संरक्षणमा अन्तर्राष्ट्रिय समुदायले आर्थिक सहयोग गर्नु अपरिहार्य छ । १ डिसेम्बरका दिन कोप बैठकमा लुलाले विकासोन्मुख मुलुकमा स्थानीय समुदायले वन विनाश गर्नुपर्ने अवस्थालाई निरुत्साहित गर्दै आर्थिक विकल्प उपलब्ध गराउन आर्थिक सहयोगका लागि अपिल गरेका छन् । उनका वातावरणमन्त्रीले एक महत्वाकांक्षी पहलकदमीको प्रस्ताव राखेका छन् । प्रस्तावमा प्रतिहेक्टर वनका लागि दुई खर्ब ५० अर्ब डलर कोषको माग गरिएको छ, जसले राष्ट्रहरूलाई सफलतापूर्वक वार्षिक वन विनाश रोक्न मद्दत गर्नेछ । ब्राजिलले सार्वभौम सम्पत्ति कोषमार्फत यो कोषको परिकल्पना गरेको छ । यस्तै प्रस्ताव केही अफ्रिकी नेताले पनि गरेका छन्, जहाँ प्रकृति संरक्षणका लागि ऋण राहतको माग गरिएको छ ।

लुलाले दुई खर्ब ५० अर्ब डलरको कोष जुटाउन सक्ने सम्भावना छैन, किनभने यो रकम यसअघि प्रतिबद्धता जनाइएको रकमभन्दा बढी हो । यसबाहेक आर्थिक सहायता खोज्ने सबै सरकारले यो रकमलाई विवेकपूर्वक प्रयोग गर्न सक्दैनन् । यद्यपि, ब्राजिलले भने बाह्य वित्त लगानीलाई सदुपयोग गर्नेछ । यदि वैकल्पिक जीविकोपार्जनको व्यवस्था हुँदैन भने सख्त कानुनले मात्र मानिसलाई वन विनाशको बाटोमा जानबाट रोक्न सक्दैन । उदाहरणका लागि वातावरणीय प्रहरी कारबाहीबाट विस्थापित अवैध उत्खननकर्ता अमेजन वर्षावन नै अतिक्रमण गर्ने गरी गाईवस्तु चराउँछन् ।

यसबाहेक यदि लुलाको संरक्षण प्रयासका क्रममा विकल्प नदिई दण्डात्मक उपायमा मात्र ध्यान दिइन्छ भने उनी अर्को चुनावमा बोल्सोनारोजस्ता नेतासँग पराजित हुन सक्छन् । तसर्थ, धनी राष्ट्रले योगदान गर्नुपर्छ र ब्राजिलले पनि विदेशी मार्गदर्शन, विशेषज्ञता र सहयोगका लागि पहिलेभन्दा बढी ग्रहणशील हुनुपर्छ । अमेजन वर्षावन जोगाउन समय कम छ र तुरुन्तै पहलकदमी लिनु अपरिहार्य देखिन्छ । 

– द इकोनोमिस्टबाट