१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १७ आइतबार
  • Friday, 09 May, 2025
तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १७ आइतबार १८:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १७ आइतबार १८:५o:oo

युएईको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप– २८)मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन्।

१३ मंसिरमा युएई गएका प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ स्वदेश फर्केका हुन्। जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा पारेको प्रभावको एजेन्डा लिएर नेपाली प्रतिनिधिमण्डलसहित दुबई गएका थिए।

प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई शनिबार सम्बोधन गर्दै विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान लगभग शून्य भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको अनुभव सुनाएका थिए।