१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘सतीदेवी’मा विद्रोही महिलाको रूपमा मलिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

चलचित्र ‘सतीदेवी’को पोस्टरले सार्वजनिक भएसँगै चर्चा पाएको छ।

लक्ष्मण सुवेदीको लेखन, निर्देशन तथा निर्माणमा बनेको चलचित्रको पोस्टरमा मुख्य पात्र अभिनेत्री मलिका महतलाई देखाइएको छ। उनलाई रातो कुर्थासुरुवालमा मुहारमा कालो मोसो र घाँटीमा जुत्ताको माला भिराइएको देखिन्छ। गाउँले पृष्ठभूमि चित्रित पोस्टर हेर्दा मलिकाले सामाजिक विद्रोह गरेको अनुमान गर्न सकिन्छ।

दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन्। मलिकाको मुख्य भूमिका रहेको चलचित्रमा हर्षिका वली र मञ्जिला बानियाँ बालकलाकारको पनि अभिनय छ। 

चलचित्रमा कुलदीप अधिकारी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, भोला सापकोटा, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटा, विमल श्रेष्ठ, ईश्वरी सिंहलगायतका कलाकारले अभिनय गरेका छन्।

दीपक शर्मा र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा प्रताप दास, दीपा लामा, ममता गुरुङ र सविन सुवेदीको स्वर छ। बाबु श्रेष्ठले खिचेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् भने कोरियोग्राफी रामजी लामिछाने र पार्श्व संगीत सम्राट थापाको छ।