
हेटौँडा उपमहानगरपालिका– २ चौकीटोलमा आइतबार बिहान एकजना पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चौकीटोलस्थित खाद्य संस्थानको खुला कोठाभित्र अन्दाजी ५४ वर्षीय पुरुषको शव भेटिएको हो।
प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन। ती व्यक्ति बजार क्षेत्रमा प्लास्टिक बटुल्दै हिँड्ने गरेको प्रहरीले जनाएको छ। शव हेटौँडा अस्पतालमा राखिएको र पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।