Skip This
कबाड गाेदाममा अवैध कारोबार भएको भेटेपछि गाउँपालिकाले लगायो डोजर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कबाड गाेदाममा अवैध कारोबार भएको भेटेपछि गाउँपालिकाले लगायो डोजर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४६:oo

रुपन्देहीको रोहिणी गाउँपालिकाले सीमा क्षेत्रमा रहेको कबाडको गोदाममा शनिबार बिहान डोजर लगाएर हटाएको छ। कबाडको गोदामबाट अवैध करोबार भएको सूचनाका आधारमा शनिबार बिहान कबाड गोदाममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा डोजर लगाइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए।

रोहिणी गाउँपालिका–२ मैनिहवास्थित एएसपी स्क्रेप सप्लायर्स नामक कबाडी संकलन गर्ने व्यवसाय गाउँपालिका कार्यालयमा दर्ता नगरी सञ्चालन रहेको, सो व्यवसायप्रति जनमानसको गुनासो रहेको र सीमा क्षेत्रमा सञ्चालित व्यवसायमा अवैध गतिविधि हुन सक्ने भएकोले व्यवसाय सञ्चालनमा रोक लगाइएको अध्यक्ष यादवले जानकारी दिए।

पटक-पटक व्यवसाय सञ्चालन नगर्न जानकारी गराउँदा पनि बेवास्ता गरेपछि गोदामको गेट तथा पर्खाल भत्काइएको उनले बताए। उनले भने, ‘सीमा क्षेत्रमा रहेको कबाडको गोदामका कारण अवैध गतिविधि हुन सक्ने कुरालाई मध्यनजर गर्दै गोदाम हटाइएको छ।’

रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष करम हुसेन खानले दर्ताविना सञ्चालन भइरहेको कबाड संकलन गर्ने गोदाममा अवैध गतिविधि भइरहेको भन्ने जनताको गुनासो आएकोले संरचना भत्काइएको बताए। उनले आगामी दिनमा सीमा क्षेत्रमा कुनै पनि अवैध गतिविधि हुन नदिने गरी अघि बढ्ने बताए।

केही दिनअगाडि सोही क्षेत्रबाट भारत गएको कबाडभित्र ८० करोड बढीको लागुऔषध चरेस बरामद भएपछि नेपालतर्फको सुरक्षा निकायलाई दबाब भएको थियो। सीमा क्षेत्रमा रहेका कबाडहरूभित्र लागुऔषध चरेस लुकाएर भारततर्फ लैजाने गरेको सूचना भारतीय प्रहरीलाई आएपछि अघिल्लो हप्ता भारतीय सुरक्षाकर्मीले ठूलो मात्रामा चरेस बरामद गरेका थिए।