१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर १४ बिहीबार १४:o६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गैँडाकोटको पातेढिँडोको सेवा अब भरतपुरबाट पनि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार १४:o६:oo

दुई दशकअघि गैँडाकोट नगरपालिका– ९ थुम्सीलाई पातेढिँडोले चिनायो। ढिँडो खान थुम्सी जाने क्रम सुरु भयो। राजमार्गका यात्रु मात्र नभई गैँडाकोट, नारायणगढ, भरतपुर र आसपासका क्षेत्रबाट ढिँडो खान थुम्सी पुग्नेको लर्को लाग्न थाल्यो। पातेढिँडो सुरु गरेका बृखलाल गुरुङ भन्छन्, ‘०५६ सालको मंसिर १७ गते पातेढिँडो सुरु भएको थियो। २४ वर्ष पूरा हुनै लाग्दा भरतपुर महानगरपालिका– १० मा पहिलो शाखा खोलेका छौँ। मंसिर १७ गते आइतबारदेखि भरतपुरबाट पातेढिँडोको विशिष्ट सेवा उपलब्ध हुनेछ।’

अढाई दशकअघि थुम्सीमा खुलेको पातेढिँडो होटेल एन्ड रेन्टुरेन्ट भरतपुर शाखासम्म आइपुग्दा पातेढिँडो एन्ड बिच रिसोर्ट प्रा.लि. भएको छ । ‘थुम्सीमा नारायणी किनारमा होटेल रहेकाले पातेढिँडो नामसँगै बिच रिसोर्ट थपेका हौँ,’ भरतपुर शाखाबाट सेवा सुरु गर्नेबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले भने । उनले भरतपुर शाखा पहिलो आधिकारिक शाखा भएकोसमेत प्रस्ट पारे ।

पातेढिँडो भरतपुर शाखा सञ्चालक पर्यटन व्यवसायी मीनबहादुर गुरुङले गुरुङ भाषामा पातेको अर्थ माइली छोरी हुने जानकारी गराउँदै भने, ‘हामीले रिसोर्टको लुक्सलाई फरकपन दिने कोसिस गरेका छौँ । रिसोर्टमा प्रवेश गर्नेबित्तिकै काउन्टरअगाडि भुइँमा घरेलु रक्सी बनाइरहेकोजस्तो सांकेतिक दृश्य देख्न पाइन्छ । घरेलु रक्सीलाई ब्रान्डिङ गरी दर्ता गरेर विदेशी रक्सीको खपत कम गराउनुपर्छ भन्ने सन्देश पनि हो ।’

बजारमा पातेढिँडोको नाममा धेरै होटेल खुल्न थालेको विषयमा पनि ध्यानाकर्षण भएको बताउँदै गुरुङले भने, ‘हाल पातेढिँडो होटेल एन्ड रेस्टुरेन्टको शाखा भन्दै हामीसँग मिल्ने गरी उस्तै नाम राखेर विभिन्न स्थानमा होटेल खोली आमग्राहक महानुभावमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको छ । त्यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ। र, हामीले पहिलोपटक शाखा खोलेको जानकारी गराउँछौँ ।’

नाम अनुसार पातेढिँडोमा मकै र फापरको ढिँडो त पाइन्छ नै, अन्य परिकार पनि पाइने बताइएको छ। कुखुरा, खसी, बंगुर, राँगाको मासुका सेकुवालगायत विविध परिकार पाइने रिसोर्टले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । करिब दुई करोड रुपैयाँ लगानीमा सुरु भएको पातेढिँडोको भरतपुर शाखाले हाल २२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । मंसिर १७ गते सफ्ट ओपनिङ र जनवरी १ अर्थात् पुस १६ गते ग्रान्ड ओपनिङ गर्दैछ । देशका प्रमुख सहरहरूमा थप शाखा खोल्ने लक्ष्य लिइएको अध्यक्ष वृखलाल गुरुङले बताए ।

उपभोक्ताहरूको माग र चाहनाअनुसार अन्य स्थानमा पनि बिस्तारै शाखा खोल्दै लैजाने योजनासहित काम गरिरहेको उनको भनाइ छ। ढिँडोसँगै धराने बंगुरको सेकुवा, चिकेन सेकुवा, मटन सेकुवा, बफ सेकुवा र स्वादिष्ट फास्टफुड पस्कने उनले बताए। साथै विभिन्न संघसंस्था, व्यावसायिक प्रतिष्ठानका लागि आवश्यक सभा, सेमिनार, गोष्ठी गर्न, बर्थ–डे, एनिभर्सरीको उत्सव मनाउनका लागि सयजनासम्मको क्षमता भएको सुविधासम्पन्न वातानुकूलित (एसी) सेमिनार हल र १५ जनासम्मका लागि ६ वटा प्राइभेट वातानुकूलित (एसी) डाइनिङ हलको समेत सुविधा थप गरिएको उनको भनाइ छ।