१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 10 May, 2025
२o८o मङ्सिर १४ बिहीबार ११:१६:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

एनसिसी कतारद्वारा कतार सरकारको गृह मन्त्रालयअन्तर्गतको जनसम्पर्क विभाग प्रमुखसँग भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार ११:१६:oo

कतार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले कतार सरकारको गृह मन्त्रालयअन्तर्गतको जनसम्पर्क विभागका प्रमुखसँग भेट गरेको छ । कतारको विभिन्न सरकारी निकायसँग भेटघाट आरम्भ गरेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले बुधबार गृह मन्त्रालयअन्तर्गतको जनसम्पर्क विभागका प्रमुख ब्रिगेडिएर अब्दुल्लाह खलिफा अल मुफ्ताहका प्रतिनिधि क्याप्टेन मुबारक सरिद अल मुत्लकसँग भेट गरेको हो ।

एनसिसी कतारका अध्यक्ष रमेश भट्टको नेतृत्वमा प्रथम उपाध्यक्ष कृष्ण पन्थी, एनसिसी कतारका पूर्वकानुनी सल्लाहकार एवं राष्ट्रिय मानव अधिकार आयोग कतारका नेपाली संयोजक प्रोफेसर मोहम्मद रमजान अली मियाँसहितको टोलीसँगको भेटमा मन्त्रालयको तर्फबाट नेपाली समाजको सामाजिक उत्थान र विकासको निम्ति विशेष कार्यक्रम तर्जुमा गर्न लागिएको क्याप्टेन मुबारकले बताए ।

कम्युनिटी रिचआउट अफिसका संयोजक फैसल अल हुदावीको पनि उपस्थिति रहेको भेटमा नेपाली समाजका विभिन्न सरोकारका महत्त्वपूर्ण विषय र आगामी कार्ययोजनाहरूमाथि छलफल गरिएको अध्यक्ष भट्टले जानकारी दिए । भेटका क्रममा एनआरएनए एनसिसी कतारका प्रथम उपाध्यक्ष पन्थीले संघको कार्ययोजनासहितको दस्ताबेज प्रस्तुत गरेका थिए ।

एनसिसी कतारले अधिकारीहरूसँग मुख्यतया नेपाली समुदायका लागि जनचेतनामूलक कार्यक्रम समयसमयमा आयोजना गर्न, नेपालीका राष्ट्रिय चाडपर्वहरूको अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागिता जनाउन, नेपालका उच्चपदस्थ अधिकारीहरूको भ्रमणको क्रममा नेपाली समुदायलाई भेट्न सहजता गरिदिन, विभिन्न जनचेतनामूलक सूचना नेपाली भाषामा प्रकाशन–प्रसारण गर्न, दुर्घटना बिमाबापतको क्षतिपूर्ति रकम प्राप्त गर्ने प्रक्रियामा सहजीकरण गरिदिन, नेपाली कैदीबन्दीको आममाफी तथा रिहाइलगायत खेलकुद र विविध गतिविधिहरूमा सहभागिताको अवसरका लागि अनुरोध गरेको छ ।