१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर ९ शनिबार o७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घरमा आगलागी हुँदा तीन बालबालिकासहित चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार o७:३९:oo

बर्दियाको गुलरियामा आगलागी हुँदा चारजनाको मृत्यु भएको छ। राति सुतिरहेको समयमा आगलागी हुँदा तीनजना बालबालिकासहित चारजनाको मृत्यु भएको हो ।

गुलरिया नगरपालिका वडा नं ४ तुलापुरको एक घरमा राति करिब १० बजे आगलागी भएको थियो। सदरमुकामनजिकै भएको आगलागीमा परि डेढ वर्षीय कात्तिक चन्द, ७ वर्षीय कृष चन्द, १० वर्षीया मानुषी बुढा र ३२ वर्षीया राधा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी, २८ वर्षीया करिस्मा चन्द आगलागीमा परी घाइते भएकी छिन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। 

आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले बताए। साँझ खाना खाई आगो तापेर सुतेको वेलामा आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरीएको छ।