मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ८ शुक्रबार १८:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती सफाइ महाअभियान ५५०औँ हप्तामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १८:१५:oo

बागमती सफाइ महाअभियान ५५०औँ हप्तामा प्रवेश गरेको छ। ‘राष्ट्रका नाममा हप्तामा दुई घन्टा स्वयंसेवा’ भन्ने मूल नाराका साथ ०७० जेठ ५ देखि सुरु अभियानमा हालसम्म १५ लाखभन्दा बढी नागरिक संलग्न भएका बागमती सफाइ महाअभियानले जनाएको छ।

महाभूकम्प, नाकाबन्दी, लकडाउन र चाडपर्वमा समेत निरन्तर सञ्चालन हुँदै आएको यस अभियानमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ कर्मचारी तथा कलाकारहरूसमेत सहभागी हुने गरेका छन्।

अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत सहयोग गर्दै आएका छन् भने यसका अभियन्ताहरूले काठमाडौं उपत्यकाबाहिर पनि सफाइ अभियान सञ्चालन गर्दै आएका छन्।

‘हामीले हरेक हप्ताको दुई घन्टा बागमती नदी तथा उपत्यकाका सहायक नदीहरू, सार्वजनिक स्थल, मठमन्दिर, सहर, टोल, घरआँगन सफाइ अभियान सञ्चालनसँगै जनचेतना जगाउँदै आएका छौँ। अभियन्ताहरूको अग्रसरतामा फोहोरको स्राेतमै वर्गीकरण गर्न, कौसीखेती सुरु गर्न, कुहिने फोहोरबाट बायोकम्पोस्टिङ र बायोग्यास उत्पादन गर्न उत्प्रेरणा दिने र सहजीकरण गर्ने कार्यसमेत गरिएको छ,’ अभियानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ।

महाअभियानका कारण मृतप्रायः अवस्थामा पुगेको बागमती र यसका सहायक नदीहरूलाई पुनर्जीवन दिन सकिएको भन्दै नाकमुख थुनेर हिँड्नुपर्ने स्थानहरूमा अहिले रेस्टुरेन्टहरू सञ्चालनमा रहेका अभियानले जनाएको छ।

जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दागर्दै पनि सार्वजनिक स्थल र नदीकिनारमा जथाभावी लुकिछिपी फोहोर फाल्ने क्रम भने नरोकिएकोमा अभियानले चिन्ता व्यक्त गरेको छ।