१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर ८ शुक्रबार १०:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लालीगुराँस सहकारीले दुईवटा साधारणसभा एकैपटक गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर ८ शुक्रबार १०:३१:००

ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले २३औँ र २४औँ वार्षिक साधारणसभा एकैपटक गर्ने भएको छ । संस्थाले पुस मसाान्तभित्र साधारण सम्पन्न गर्ने तयारी गरेको हो । 

नेपालको वित्तीय बजारमा देखिएको उच्च तरलताको समस्यालगायत अन्य विविध समस्याका कारण संस्थाले २३औँ वार्षिक साधारणसभा आयोजना गर्न नसकेको जनाउँदै संस्थाका सञ्चालक समिति सचिव सुरेन्द्र भण्डारीले पुस मसान्तभित्र २३औँ र २४औँ वार्षिक साधारणसभा सम्पन्न गर्ने बताए । सेयर सदस्यको निरन्तर सहयोगका कारण संस्थाले सफलता हासिल गर्दै वार्षिक साधारणसभाको तयारी थालिएको उनको भनाइ थियो । 

संस्थाको आव ०७९/८० सम्म करिब नौ अर्बको कुल करोबार रहेको जानकारी दिँदै सचिव भण्डारीले आव ०७८/७९ को खुद मुनाफा रकमबाट ८ प्रतिशत र आब ०७/८० को खुद मुनाफा रकमबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको बताए । संस्थाले आफ्नै लगानीमा चितवनको खैरहनीमा देशकै ठूलो गाई फार्म श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर र ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग सञ्चालन गरेको जनाएको छ ।