१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चाडपर्वमा कञ्चनपुरबाट सात लाख रकमसहित ७३ जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५१:oo

यस वर्षको दसैँ, तिहारका वेला कञ्चनपुरमा ७३ जुवाडेबाट करिब सात लाख रुपैयाँ बरामद भएको छ। जिल्ला प्रहरी कार्यालयले दसैँ, तिहारका वेला जिल्लाका विभिन्न स्थानबाट ७३ जुवाडेसहित ६ लाख ८० हजार ६ सय ९७ रुपैयाँ बरामद गरेको जनाएको छ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले चाडपर्व सुरक्षा योजनाअन्तर्गत जिल्लाभर खटिएर जुवाखालबाटै पक्राउ गरिएको बताए। सो क्रममा प्रहरीले पाँच बोरा प्रतिबन्धित प्लास्टिकका माला र चार बोरा पटकासमेत बरामद गरेको छ।

एसपी थापाले यस वर्ष कञ्चनपुरमा तिहारका वेला कुनै अप्रिय घटना नघटेको र शान्तिपूर्ण तिहार भएको बताए।

ad
ad