१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३ आइतबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर ३ आइतबार १८:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इलाममा बस दुर्घटना हुँदा ३७ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ३ आइतबार १८:४२:oo

मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। रोङ– ३ अर्याल चोकनजिकै ना ६ ख ८४२४ नम्बरको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका प्रहरीले जनाएको छ।

बस सडकबाट करिब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगु नेतृत्वको टोलीले घाइतेको उद्धार गरी विभिन्न अस्पताल पठाएको छ।

‘घाइतेमध्ये केही गम्भीर घाइते छन्। उद्धार गरेर झापाका विभिन्न अस्पताल पठाएका छौँ,’ खतिवडाले भने, ‘उद्धारमा खटिएका कारण कति संख्यामा गम्भीर घाइते छन् भनेर छुट्याइसकेका छैनौँ।’
 
प्रहरी उपरीक्षक खतिवडाका अनुसार उक्त बसमा जनकपुरबाट कन्यामसम्म शैक्षिक भ्रमणमा आएको टोली सवार थियो। कन्याम आइपुगेर फर्कने क्रममा बस दुर्घटना भएको हो।