Skip This
महिला टी–२० सिरिज : नेपालद्वारा जापान पराजित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २ शनिबार
  • Friday, 26 July, 2024
रासस काठमाडौं
२o८o मङ्सिर २ शनिबार १२:o१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला टी–२० सिरिज : नेपालद्वारा जापान पराजित

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २ शनिबार १२:o१:oo

चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ। नेपालले जापानलाई ६७ रनले हराएको हो। 

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो। जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनायो। यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो।

नेपालका लागि रुबिना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन्। यस्तै, कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन्। काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन्। 

बलिङतर्फ जापानकी एलिना कुसुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन्। 

एक सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन्। यस्तै, सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन्। हिनासे गोटोले तीन रन बनाइन्। 

बलिङतर्फ नेपालकी संगीता राईले पाँच तथा अस्मिना कर्माचार्य र पूजा महतो दुई-दुई विकेट लिए 

नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन्। नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो। बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो।

महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्। आइसिसी वरीयतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा छन्। तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्नेछन्। नेपालले अब तेस्रो स्थानका लागि आइतबार जापानसित नै खेल्नेछ।