१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी नेता जनक बर्तौलामाथि आक्रमण गर्ने तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o५:oo

माओवादी नेता जनक बर्तौलामाथि आक्रमण गर्ने तीनजना पक्राउ परेका छन्। 

गत २२ मंसिरमा काठमाडौंको बानेश्वरस्थित आइप्लेक्स मलनजिक नेता बर्लौलामाथि खुकुरी प्रहार गरी फरार रहेका तीनजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा बाँके कोहलपुर– १० का  २४ वर्षीय शेरबहादुर थारू, झापा मेची नगरपालिका– ८ का ३४ वर्षीय टेकबहादुर प्रधान र बाँके कोहलपुर– १ का २६ वर्षीय आशिष लामिछने मगर रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट खुकुरी, कपडा, जुत्ता  र झोला बरामद भएको छ। उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसुरमा १० दिन म्याद थप भई अनुसन्धान भइरहेको छ।