१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १ शुक्रबार
  • Saturday, 10 May, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८o मङ्सिर १ शुक्रबार o७:oo:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकले घटाउन थाले ब्याजदर : ब्याजदर घट्दा सस्तिँदै कर्जा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १ शुक्रबार o७:oo:oo

असोजयता घट्दोक्रममा निक्षेपको ब्याजदर, व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ९.७१% पुग्यो

वाणिज्य बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाउन थालेका छन् । चालू आर्थिक वर्षको असोजयता निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले मंसिरमा समेत ब्याजदर घटाएका छन् । भदौमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ १०.३२ प्रतिशत औसत रहेको ब्याजदर मंसिरमा ९.७१ प्रतिशत कायम भएको हो । त्यस्तै, भदौमा संस्थागत निक्षेपको औसत ब्याजदर ८.२८ प्रतिशत रहेकोमा मंसिरमा ७.५४ प्रतिशत पुगेको हो । 

बिहीबार वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । जसअनुसार व्यक्तिगत मुद्दतीतर्फ १२ बैंकहरूले ब्याजदर घटाएका छन् भने दुई वाणिज्य बैंकहरूले बढाएका छन् । त्यस्तै, ६ वाणिज्य बैंकहरूको ब्याजदर स्थिर रहेको छ । 

व्यक्तिगत मुद्दतीमा ब्याजदर घटाउनेतर्फ एनआइसी एसिया, एनएमबि, नबिल, राष्ट्रिय वाणिज्य, नेपाल इनभेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, हिमालयन, कृषि विकास, सानिमा, प्रभु, एभरेष्ट र नेपाल एसबिआई बैंक छन् । सबैभन्दा बढी ब्याजदर घटाउनेमा एनआइसी एसिया बैंक छ । एनआइसी एसियाले मंसिरका लागि ब्याजदर ८.९६८ प्रतिशत कायम गरेको छ । यो कात्तिकको तुलनामा २.०३५ प्रतिशत विन्दुका दरले कम हो । एनएमबि बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १.२४३ प्रतिशत विन्दुले घटाएर ९.७६ प्रतिशत कायम गरेको छ । 

नबिल बैंकले ब्याजदर ०.९ प्रतिशत विन्दुका दरले घटाएर ९.१ प्रतिशत पुर्‍याएको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ०.५ प्रतिशतले घटाए ९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.५ प्रतिशत विन्दुले घटाएर ९.५१ प्रतिशत, ग्लोबल आइएमई बैंकले ०.४ प्रतिशत विन्दुले घटाएर ९.६ प्रतिशत र हिमालयन बैंकले ०.४२७ प्रतिशत विन्दुका दरले घटाएर १०.६०३ प्रतिशत पुर्‍याएको छ । त्यस्तै, कृषि विकास बैंकले ब्याजदर ०.२४८ प्रतिशत विन्दुका दरले घटाएर ९.५१२ प्रतिशत पुर्‍याएको छ । 

सानिमा बैंक, प्रभु र एभरेष्ट बैंकको ब्याजदर एउटै छ । तीनवटै बैंकले ब्याजदर ०.२२४ प्रतिशत विन्दुका दरले घटाएर ९ प्रतिशत कायम राखेका छन् । नेपाल एसबिआई बैंकले भने ०.०९७ प्रतिशत विन्दुले घटाएर १०.६०३ प्रतिशत कायम राखेको छ । स्ट्यान्डर्ड चार्टर्ड र माछापुच्छ्रे बैंकले ब्याजदर बढाएका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले १.३८३ प्रतिशत विन्दुका दरले बढाएर १०.६०३ प्रतिशत र माछापुच्छ्रे बैंकले ०.६१३ प्रतिशत विन्दुले बढाएर १०.६०३ प्रतिशत कायम राखेको छ । नेपाल बैंक, सिटिजन्स इन्टरनेसनल, कुमारी, लक्ष्मी सन्राइज, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकले ब्याजदर यथावत् राखेका छन् । 

१३ बैंकले घटाए संस्थागत निक्षेपमा ब्याजदर
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकले मंसिर महिनाका लागि संस्थागत निक्षेपको ब्याजदर घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै ब्याजदर घटाउनेमा समेत एनआइसी एसिया बैंक नै छ । संस्थागत निक्षेपतर्फ ब्याजदर घटाउनेमा एनआइसी एसिया, एनएमबि, नबिल, राष्ट्रिय वाणिज्य, नेपाल इनभेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास बैंक, सानिमा, प्रभु, एभरेष्ट र नेपाल एसबिआई बैंक छन् । 

मंसिरका लागि एनआइसी एसियाले ब्याजदर घटाएर ६.९६८ प्रतिशत, एनएमबिले ७.७६ प्रतिशत, नबिलले ७.१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ७ प्रतिशत, नेपाल इनभेष्टमेन्ट मेगा बैंकले ७.५१ प्रतिशत, ग्लोबल आइएमईले ७.६ प्रतिशत, हिमालयन बैंकले ८.६०३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५.२५ प्रतिशत र कृषि विकास बैंकले ७.५१२ प्रतिशत कायम राखेका छन् । सानिमा, प्रभु र एभरेष्ट बैंकले संस्थागत निक्षेपको ब्याजदर घटाएर ७ प्रतिशत कायम राखेका छन् । त्यस्तै, नेपाल एसबिआई बैंकले ८.६०३ प्रतिशत कायम राखेका छन् । ६ वाणिज्य बैंकहरूले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ । बढाएपछि माछापुच्छ्रे बैंकको ब्याजदर ८.६०३ प्रतिशत पुगेको छ । 

असोजयता घट्दै ब्याजदर
चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौसम्म बढेको निक्षेपको ब्याजदर असोज लागेसँगै घट्दोक्रममा रहेको देखिएको छ । साउनमा व्यक्तिगत मुद्दतीतर्फको औसत ब्याजदर ९.८३४ प्रतिशत थियो भने संस्थागत निक्षेपमा ७.७३५ प्रतिशत थियो । भदौमा ब्याजदर बढेर व्यक्तिगततर्फ १०.३२५ प्रतिशत पुगेको थियो भने संस्थागततर्फ ८.२८ प्रतिशत पुगेको थियो । असोजसमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटेर १०.२६ प्रतिशत आयो । कात्तिकमा यो ब्याजदर ९.९६ प्रतिशत कायम रहेकोमा मंसिरमा भने ९.७१ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । त्यस्तै, संस्थागत निक्षेपको ब्याजदरसमेत असोज लागेयता घट्दो क्रममा छ । असोजमा ८.२३९ प्रतिशत रहेको यस्तो ब्याजदर कात्तिकमा आइपुग्दा ७.८५ प्रतिशत पुगेको थियो । मंसिरमा आइपुग्दा यस्तो ब्याजदर घटेर ७.५४ प्रतिशत पुगेको छ । 

ब्याजदर घट्दा सस्तिँदै कर्जा
निक्षेपको ब्याजदरसँग बैंकहरूको आधारदरसँग प्रत्यक्ष सम्बन्ध रहन्छ । जसकारण निक्षेपमा ब्याजदर बढ्दा बैंकको लागत बढेसँगै आधारदरसमेत बढ्ने र घट्दा आधारदरसमेत घट्ने हुन्छ । घट्दोक्रममा रहेको निक्षेपको ब्याजदरको प्रभाव आधारदरमा देखिँदै आइरहेको छ ।

यद्यपि, मुद्दती निक्षेपको आयु समाप्त हुन तीन महिनादेखि एक वर्षभन्दा बढी समय लाग्ने भएकाले घटेको निक्षेपको ब्याजदरको लाभ ऋणीले लिन भने समय लाग्ने हुन्छ । त्यसैले असारको तुलनामा असोजसम्मको आधारदरमा औसतमा तुलनात्मक अन्तर देखिँदैन । गत असारसम्म १०.०५ प्रतिशत रहेको आधारदर असोजसम्म आइपुग्दा १० प्रतिशत मात्रै कायम छ ।

यद्यपि, ०७९ पुसको तुलनामा भने आधारदर भारी मात्रामा घटेको देखिन्छ । ०७९ पुससम्ममा १०.७६ प्रतिशत रहेको आधारदर ०८० असोजसम्म आइपुग्दा १० प्रतिशतमा झरेको छ । यसले घट्दो निक्षेपको प्रभाव कर्जाको ब्याजदरमा देखिएको हो ।