Skip This
सेयर बजारमा दोहोरो अंकको गिरावट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २३ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २३ बिहीबार १५:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा दोहोरो अंकको गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २३ बिहीबार १५:३३:oo

साताको कारोबारको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज ११.८५ अंकले घटेर १८५२.०८ विन्दुमा ओर्लिएको छ। 

आज सबै समूहको सेयर घटेको छ। यसमा पनि  सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबिआई बैंकको सेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ। 

आज २८ लाख ३३ हजार कित्ता सेयर ८३ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सात करोड ७० लाख रुपैयाँको किनबेच भएको छ। समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरको सेयर सात प्रतिशतले बढेको छ।