१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

‘राष्ट्रिय’ गौरवको आयोजनाका रूपमा क्रिकेट रंगशाला निर्माण गर्छाैँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाका रूपमा सरकारले क्रिकेट रंगशाला निर्माण गर्ने बताएका छन्।  

नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार रकम आज वितरण गर्दै उनले भने, ‘क्रिकेट रंगशालालाई चाँडै राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गर्छौँ। दश वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मिहिनेत गर्नुहोला।’

नेपाली क्रिकेट टोलीले छनोट चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाली जनता र युवाको लगाव बढेको बताए। उनले भने, ‘यो लगावले सरकारलाई पनि उत्प्रेरित गरेको छ। खेलाडीमा अझ बढी हौसला बढाउन, उनीहरूका लागि बढी लगानी गर्न र खेलकुदका अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ।’

खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै प्रधानमन्त्रीले त्यसमा पनि क्रिकेटको भूमिका मुख्य रहेको उल्लेख गरे। 

केही कानुनी र प्रक्रियागत समस्याका कारण खेलाडीलाई प्रोत्साहनस्वरूप प्रदान गरिने भनिएको पुरस्कार वितरणमा ढिलाइ भएको स्वीकार गर्दै प्रधानमन्त्रीले आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा सरकार पूर्ण सचेत हुने बताए। 

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्रिकेट खेललाई सरकारले दिएको महत्त्वबाट आफूहरू उत्साहित भएको बताए। ‘यो सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु। सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकामा खुसी छौँ,’ उनले भने। 

उनले कीर्तिपुर क्रिकेट रंगशालामा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रक्रिया अगाडि बढाएकामा सरकारलाई कृतज्ञता ज्ञापन गरे।