१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २१ मंगलबार १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपबाट भण्डारीलाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार १७:२५:oo

स्थानीय विकास प्रतिष्ठान कलबलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापक भीमकान्त भण्डारीलाई विशेष अदालतले सफाइ दिएको छ। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षअघि गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाएकोमा सफाइ दिइएको हो। 

मंगलबार न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले सफाइ दिने फैसला गरेको हो। ३ असार ०७९ मा अख्तियारले भण्डारीमाथि ६ करोड २४ लाख रुपैयाँभन्दा बढी सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाउँदै मुद्दा चलाएको थियो।

भण्डारी २१ असोज ०७३ मा राजपत्र अनंकित प्रथम श्रेणीको कर्मचारीका रूपमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए। वरिष्ठ व्यवस्थापन सहायकका रूपमा उनले सरकारी सेवा सुरु गरे पनि साउन ०७७ देखि लागू हुने गरी स्वेच्छिक अवकाश लिएका थिए। उनले सरकारी सेवा सुरु गरेदेखि पुस ०७८ सम्म आर्जन गरेको सम्पत्तिलाई गणना गरी मुद्दा चलाइएको थियो।

अख्तियारले भण्डारीको कुल आय २६ लाख ६१ हजार रुपैयाँ हुनुपर्नेमा त्यसभन्दा निकै बढी सम्पत्ति आर्जन तथा लगानी रहेको दाबी गरेको थियो। साढे ६ करोड रुपैयाँभन्दा बढीको व्यय र सम्पत्ति देखिएपछि भण्डारीलाई प्रतिवादी बनाउँदै मुद्दा चलाइएकोमा विशेषले अख्तियारको दाबी नपुग्ने फैसला गरेको हो।