१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Saturday, 10 May, 2025
२o८o कार्तिक २१ मंगलबार ११:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पपीडितका लागि हलेसी तुवाचुङले दियो ११ लाख ५१ हजार  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार ११:५२:oo

हलेसी तुवाचुङ नगरपालिका खोटाङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले जाजरकोट र रुकुमका भूकम्पपीडित परिवारका लागि राहतस्वरूप आर्थिक सहयोग उपलब्ध गराएका छन्।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक गरी सात सय चारजना व्यक्तिले नियमित पाउने दुई दिनको तलबभत्ता नगरपालिकाको तर्फबाट कटाएर रु. एघार लाख ५१ हजार एक सय भूकम्पपीडितका लागि राहतस्वरूप आर्थिक सहयोग रकम उपलब्ध गराएको हो।

भूकम्पपीडितका लागि राहतस्वरूप संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नगर प्रमुख विमला राईले जानकारी दिइन्।

१० स्थानीय तह रहेको खोटाङ जिल्लाबाट जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहतस्वरूप सहयोग रकम उपलब्ध गराउने हलेसी तुवाचुङ नगरपालिका पहिलो बनेको छ।

जिल्लाका अन्य स्थानीय तहले पनि जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत रकम उपलब्ध गराउने तयारी गरिरहेको बुझिएको छ।