
कञ्चनपुरको सामुदायिक वनमा एक वृद्धाको शव फेला परेको छ। सोमबार बिहान शुक्लाफाँटा नगरपालिका– ७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा वृद्धाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश डाँगीले सामुदायिक वनमा मृत अवस्थामा शुक्लाफाँटा नगरपालिका– ७ शान्तिपुरकी नन्दादेवी जोशी (नारू)को शव फेला परेको बताए। आइतबार घाँस काट्न जंगल गएकी ६२ वर्षीया वृद्धा घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।
शवको घाँटीमा घाउ लागेको र सुनका गरगहनासमेत लुटपाट भएको हुँदा उनको हत्या भएको आशंका गरिएको छ। घटनास्थलबाट शव पोस्टमार्टमका लागि महाकाली अस्पताल ल्याइएको छ।