१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८o कार्तिक २० सोमबार १७:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक वनमा वृद्धाको शव फेला, हत्याको आशंका

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार १७:५१:oo

कञ्चनपुरको सामुदायिक वनमा एक वृद्धाको शव फेला परेको छ। सोमबार बिहान शुक्लाफाँटा नगरपालिका– ७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा वृद्धाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश डाँगीले सामुदायिक वनमा मृत अवस्थामा शुक्लाफाँटा नगरपालिका– ७ शान्तिपुरकी नन्दादेवी जोशी (नारू)को शव फेला परेको बताए। आइतबार घाँस काट्न जंगल गएकी ६२ वर्षीया वृद्धा घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

शवको घाँटीमा घाउ लागेको र सुनका गरगहनासमेत लुटपाट भएको हुँदा उनको हत्या भएको आशंका गरिएको छ। घटनास्थलबाट शव पोस्टमार्टमका लागि महाकाली अस्पताल       ल्याइएको छ।