Skip This
भूकम्प प्रभावितको उपचारका लागि गण्डकीबाट गयो स्वास्थ्यकर्मीसहितको टोली
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:५६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

भूकम्प प्रभावितको उपचारका लागि गण्डकीबाट गयो स्वास्थ्यकर्मीसहितको टोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका कारण प्रभावितहरूको उद्धार र उपचारका लागि गण्डकी प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ।

शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका– १ केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

भूकम्प प्रभावितहरूको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली शनिबार त्यसतर्फ गएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए।

प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्रीसहितको टोली पठाएको मुख्यमन्त्री पाण्डेको भनाइ छ। 

मुख्यमन्त्रीले शनिबार प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै जाजरकोट र रुकुमपश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन्।

‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघसंस्था तथा नागरिक समाजलगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछौँ,’ मुख्यमन्त्री पाण्डेद्वारा जारी अपिलमा भनिएको छ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनर्निर्माणलगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताएका छन्।