Skip This
भूकम्पमा परी घाइते थप एकको उपचारका क्रममा मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १४:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पमा परी घाइते थप एकको उपचारका क्रममा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३८:oo

जाजरकोट भूकम्पमा परी घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका २८ मध्ये एकजनाको मृत्यु भएको हो। जाजरकोटको नलगाड नगरपालिकाका ३३ वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ।

अहिले घाइतेहरूको अवस्था हेरर ‘रेड जोन’ र ‘एल्लो जोन’मा राखेर उपचार भइरहेको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले जानकारी दिए।

घाइतेहरूलाई आवश्यक पर्ने रगतका लागि नेपाल रेडक्रस सोसाइटीको पहलमा एमालेनिकट अनेरास्ववियुले रक्तदानको आयोजना गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको प्राविधिक टोली अस्पतालमा खटिएका छन्।