१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १६ बिहीबार o७:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेकाे चियापान : ओलीसँग झलनाथको कानेखुसी, झाँक्रीले दिइन् बुकी

चियापानमा गएनन् माधव नेपाल र घनश्याम भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार o७:२७:oo

एकीकृत समाजवादीकी सचिव रामकुमारी  झाँक्रीले बुकीफूलसहित एमाले अध्यक्ष ओलीलाई शुभकामना दिइन् 

एमालेले बुधबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा एमाले नेता–कार्यकर्ताबाहेक विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूदेखि राज्यका निकायका व्यक्तित्वहरू, पूर्वराष्ट्रसेवक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बृहत् जमघट भयो ।

पार्टी फुटसँगै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादी र उसका नेताप्रति कटु टिप्पणी गर्दै आए पनि चियापानमा भने सहभागिताका लागि निम्ता गरेका थिए । तर, एमाले चियापानमा उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायत अधिकांश नेता सहभागी भएनन् । 

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमारी झाँक्रीलगायत केही नेता मात्र सहभागी भए । खनालले मञ्चमा रहँदा ओलीसँग पटक–पटक कानेखुसीसहित संवाद गरेका थिए । त्यस्तै, झाँक्रीले बुकीफूलसहित अध्यक्ष ओलीलाई शुभकामना दिएकी थिइन् ।