१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Saturday, 10 May, 2025
तस्बिर : संजित परियार / नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १५ बुधबार १o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार १o:२४:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फिर्ता भएका छन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका छन् । 

सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।     

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि गुटेरेस आइतबार राति नेपाल आएका थिए । आइतबार नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक वार्ता गरेका थिए । यसैगरी आइतबार नै उनले राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसँग संसद् भवन नयाँ बानेश्वरमा भेट गरेका थिए । भेटवार्तापछि उनी पाटन दरबार क्षेत्रको अवलोकनमा पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहित रात्रिभोजको आयोजना गरेका थिए ।  नेपालमा रहँदा उनले नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनीको भ्रमण गरे । उनले मंगलबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।