१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रथम ऐतिहासिक गुल्मी महोत्सवको सम्पूर्ण तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५१:oo

प्रथम ऐतिहासिक गुल्मी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। महोत्सव मूल आयोजक समिति तथा गुल्मी उद्योग संघले पत्रकार सम्मेलन आयोजना गरी सामान्य प्राविधिक कामबाहेक सबै काम सकिएको जनाएको हो।

संघका अध्यक्ष नवराज भुसालले उत्साहजनक रूपमा मेला व्यवस्थापनको काम सकिएको बताए। उनले रेसुङ्गा नगरको ‘जाऊँ हिँडौँ रेसुङ्गा अभियान’ प्रबर्द्धन र लगानीका सम्भावना खोजीका लागि महोत्सव कोसेढुंगा साबित हुने बताए।

कात्तिक १५ देखि २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय स्टल बुकिङ भएको भुसालले जानकारी दिए। जिल्लाको घरेलु उत्पादन र पालिकाका उत्पादन प्रर्दशन गर्ने छुट्टै स्टलहरू रहने छन्। भुसालका अनुसार जिल्लाका सबै सांस्कृतिक झाँकीको प्रस्तुति, होमस्टेका परिकार प्रदर्शन, साना तथा सझौला सबै उद्योगहरूले आफ्नो सीप प्रदर्शन गर्नेछन्।

महोत्सव अवधिभर एक लाख दर्शकले अवलोकन गर्ने र ६० करोडको कारोबार हुने आयोजकले अपेक्षा गरेको छ। महोत्सवकै अवसरमा विज्ञहरूबीच लगानी सम्मेलन र जिल्लाका विभिन्न उद्योगका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिने संघका महासचिव सुदर्शन खनालले जानकारी दिए।

खनालका अनुसार गुल्मीमा जलविद्युतमार्फत उज्यालो अभियानको सुरुवातकर्ता माधव मरासिनी, व्यावसायिक रूपमा गाईपालन व्यवसाय भित्र्याउने लुम्बिनी प्रदेशका पूर्वप्रदेश सभा सदस्य कमलराज श्रेष्ठ, होटेल व्यवसायी हिरामणि सापकोटा र पहिलो महोत्सव गर्ने माओवादी नेता अशोक थापालाई सम्मान गरिनेछ।

साथै, निःशुल्क माटो परीक्षण र बजारदेखि महोत्सव स्थलसम्म आउन–जान निःशुल्क बस सेवा सञ्चालन गरिएको खनालले बताए। महोत्सवको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।